सुन तस्करी प्रकरण : ३० लाख नगदसहित तीन  जना चिनियाँ नागरिक पक्राउ

    images

    काठमाडौं । सुन तस्करी प्रकरणमा ३० लाख नगदसहित तीन जना चिनियाँ नागरिक प्रकाउ परेका छन् । उनीहरू आज (मंगलबार) काठमाडौंबाट पक्राउ परेका हुन् । 

    साउन २ गते त्रिविभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । 

    उनीहरूको साथबाट ३० लाख नगद बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ । 

    पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् । 

     
     

      मङ्गलबार ३० साउन २०८० ०२:२४ PM मा प्रकाशित

      प्रतिक्रिया