×

थप ८८८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ४७४ जना  संक्रमणमुक्त भएका छन् भने  संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ पुगेको छ ।

सोमबार ३० साउन २०७९ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया