×

प्याजको हाहाकार

images

काठमाडौं ।  भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ ।

सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ ।

भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो ।

गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयांको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

बिहीबार ३२ जेठ २०८० ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया