हेटौँडा उपमहानगरपालिकाको मतगणनाको ताजा स्थिति

    images

    हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका दीपकबहादुर सिंहले दुई हजार ३४९ प्राप्त गर्नुभएको छ, एमालेका अनन्त पौडेलले दुई हजार १८२ मत प्राप्त गर्नुभएको छ । 

    यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले तीन हजा ४७५ मत र अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले दुई हजार ६९९ मत प्राप्त गर्नुभएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । 

    आइतबार​ १ जेठ २०७९ ०८:५९ PM मा प्रकाशित

    प्रतिक्रिया