एंटी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँ : मन्त्री गहतराज

    images

    युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताउनुभएको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुती गर्नुभएको हो । 

    यस्तै मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताउनुभयो ।  उहाँले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २०२४ सम्मका लागि रणनीति पारित गरेको छ ।

    सचिव रेग्मीका अनुसार, खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ । नेपाली प्रतिनिधिमण्डलले विश्व एन्टी डोपिङ सङ्घ र क्षेत्रीय एन्टी डोपिङ सङ्घका पदाधिकारीसँग भेट गर्नाका साथै एन्टी डोपिङमा नेपाललाई सहयोग गर्न अनुरोध गरेको थियो ।

    मङ्गलबार १ चैत २०७८ ११:३७ PM मा प्रकाशित

    प्रतिक्रिया