×

टर्की--सिरिया भूकम्प --४० हजार पुग्यो मृत्यु हुनेको संख्या

images


काठमाडौं । टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । 
टर्कीमा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको छन् । भने सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन ्।  भूकम्पपछि सिरियामा ५ लाखभन्दा धेरै मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान रहेको  छ । 
टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको  परराष्ट्र मन्त्रालयले जनाएको छ । 
ढलेका भग्नावशेषमा फसेका ९ जनालाई एक हप्तापछि सहजो मंगलबार जिवितै उद्धार गरिएको हो  । 
डब्लुएचओले भूकम्प गएको ठाउँमा फोहोर मैलाका कारण सङ्क्रामक रोगहरु  फैलिने डर रहेकोे कारण भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा परेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ । 
 

बुधबार ३ फागुन २०७९ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया