काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ ।
सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।
संसदबाट पारित भए लगत्तै नयाँ प्रावधान लागू हुने पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले यस्तो जानकारी गराएका हुन् । विभागका अनुसार संशोधनका लागि प्रस्तावित प्रावधानअनुसार एक वर्षभित्रै क्यासिनो सञ्चालक कम्पनीले एउटाभन्दा बढी चलाउनुपरेमा नयाँ कम्पनी दर्ता गर्नुपर्नेछ ।
‘यी विषय नियमावलीमा थियो । मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)का कम्पनीले एक वर्षभित्रै अलग कम्पनी स्थापना गरेर इजाजत लिनुपर्ने व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ ।
विभागका अनुसार यसअघि प्रशासनिक निर्णयअनुसार २०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था थियो । नियमावली र आर्थिक विधेयकले एउटै मात्र चलाउन अनिवार्य गरे पनि मुलुकमा चारवटा कम्पनीले अदालतको स्टे अर्डरबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गरेका थिए ।
मुलुकमा रक इन्टरनेसनल, ह्याप्पी आवर र सेन्ट्रल मिडियाले एउटै लाइसेन्समार्फत चार–चारवटा क्यासिनो चलाएका छन् । संसदबाट पारित भएको एक वर्षमा यी क्यासिनो सञ्चालकले छुट्टाछुट्टै कम्पनी दर्ता गरेर बाँकी तीनवटा सञ्चालन गर्न पाउने व्यवस्था लागू हुने उनले जानकारी दिए ।राजधानी दैनिकबाट
प्रतिक्रिया