×

म्यानचेस्टरको राहत दिलाउने जित

images

लन्डन । कतार विश्वकप अगाडिको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेडले आइतबार फुलहममाथि राहत दिलाउने २–१ को जित निकालेको छ । म्यानचेस्टरका लागि सब्टिच्युट १८ वर्षीय अर्जेन्टिनी खेलाडी एलेजान्ड्रो गारन्चोले ९३ औं मिनेटमा विजयी गोल गरे ।

म्यानचेस्टरले क्रिस्टियन एरिक्सनको गोलले अग्रता लिएपछि फुलहमका लागि डन जेम्सले बराबरी गोल फर्काएका थिए । यो नाटकीय जितपछि म्यानचेस्टरको २६ अंक भएको छ र पाँचौं स्थानमा कायम रहेको छ । फुहलम भने १९ अंकमा नवौं स्थानमा छ ।

आइतबारको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले हरायो । भिल्लाका ड्यानी इन्ग्सले दुवै गोल गरे । हारले ब्राइटन २१ अंकमा सातौं स्थानमा झरेको छ भने भिल्ला १८ अंकमा १२ औं स्थानमा उक्लेको छ । 

सोमबार २८ कात्तिक २०७९ ०६:४७ AM मा प्रकाशित

प्रतिक्रिया