×

नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना ठगिए, १ करोड ८५ लाख बढी ठगी गरेको उजुरी

images

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा परेर लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जना पीडितबाट करोडौं रकम ठगी गरेको उजुरी परेको छ ।

उनीहरुबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनी तीनवटा निवेदन परेको छ । जाहेरीसहित सबै कागजात कार्यालयले परिसर टेकु पठाएको छ ।

सोमबार २९ साउन २०८० ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया