×

गृहमन्त्रीको राजीनामाबाट पछि हटेनन् कांग्रेस सांसद सुनिल शर्मा, भन्छन्- राजीनामा नआए अनशन बस्छु

images

 

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

आजको संसद्् बैठकमा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने बताए ।

‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो । उहाँले बिनाशर्त राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘सभामुखमार्फत म दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु ।’

आफूलाई पक्राउ गरेका विषयमा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनको भनाइ थियो ।

सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा सिआइबीले पक्राउ गरी अदालतको आदेशपछि रिहा गरेको थियो ।

सोमबार २९ साउन २०८० ०३:५१ PM मा प्रकाशित

प्रतिक्रिया