काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । सहायक विदेशमन्त्री लु नेपालको एक दिवसीय भ्रमणका क्रममा शुक्रबार काठमाडौँ आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले आज ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
प्रतिक्रिया