गोरखा बजारमा एक युवकको शव भेटियो

    images

    गोरखा बजारमा एक युवक मृत भेटिएका छन् । गोरखा नगरपालिका–८ आलेगाउँका २४ वर्षका अनिश आलेमगर मृत भेटिएका हुन् ।

    आज बिहान खोलखोलेबाट गोरखा नगरपालिकाको कार्यालय जाने सडकको नालीमा आलेको शव भेटिएको हो । उनको हत्या भएको हुनसक्ने एसपी केदार खनालले बताउनुभयो ।

    शरीरको विभिन्न भागमा चोट पटक देखिएकाले हत्या गरिएको आशङ्का गरिएको र अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

    सीसीटिभी फुटेज लगायतलाई आधार मानेर अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे । 

      बिहीबार ३० असार २०७९ १२:१५ PM मा प्रकाशित

      प्रतिक्रिया