कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा बुधबार सामान्यतयाः मौसम सफा रहने

    images

    काठमाडौँ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा बुधबार सामान्यतयाः मौसम सफा

    रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेस प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। राति भने कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  ।

    देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ ।  तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

     

    बुधबार ३१ जेठ २०८० १०:२५ AM मा प्रकाशित

    प्रतिक्रिया