×

कागेश्वरी मनोहरामा  कांग्रेसको प्रारम्भिक अग्रता

images

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।
 
 उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिनुभएको पनि उहाँले बताउनुभयो । नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।
  
नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा समाजवादीमा लाग्नुभएको छ । उहाँ यो निर्वाचनमा पनि समाजवादीबाट प्रतिस्पर्धामा हुनुहुन्छ ।

images

कागेश्वरी मनोहरामा  कांग्रेसको प्रारम्भिक अग्रता

कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २...

images

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्र...

शनिबार ३१ बैशाख २०७९ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया