×

फेरी बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

images

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको बढाएको छ ।  आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन । 

शनिबार ३१ बैशाख २०७९ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया