×

चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

images

जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिनुभयो । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो । 

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम  र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो । 

शनिबार ३१ बैशाख २०७९ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया