×

हेर्नुहोस २०७९ सालको बार्षिक राशिफल

images

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

यो वर्ष मेष राशि हुनेहरुका लागी शुभ फल प्राप्त हुनेछ । वर्षभरिने शनिको अनुकुल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपार्इँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।
वर्षभरिनै व्यापार भावमा केतुको गोचर भने मध्ययम रहनेछ । साझेदारी व्यापारमा मनमुटाब सिर्जना हुनेछ । भौतिक सम्पती हराउने,सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेकोछ । आर्थिक मन्दि तथा काममा ढिला शुस्तिको चपेटामा परिनेछ । घरपरिवारमा जीवन साथीसँग मनमुटाब बढ्ने तथा आत्मिय जन सँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपतचार खर्च बढेर जानेछ ।


खर्च भावमा बृहस्पतीको गोचर प्रतिकुल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तरपनि प्रयत्न गर्दा ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, बैज्ञानिक शोध, लेखन,कला साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी यो वर्ष राम्रो रहेकोछ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ ।

स्कुल,कलेज,कन्सल्टेन्सि,फार्मेर्सी,अस्पताल,ट्राभलजेस्सि,तरल पदार्थ,हाईड्रोपावर,अनलाईन व्यापार,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ ।

असार १८ गतेबाट साउन ३१ गतेसम्म राशिस्वामी मंगलले केन्द्रमा बसेर रुचक योगको निर्माण गर्ने हुनाले आट,शाहस तथा पराक्रममा बृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवयेर,फलामको व्यावसाय फस्टाएर जानेछ । मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रिर्याकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागी मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्नेछ ।


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बृष राशि भएका व्याक्तिहरुका लागी समग्रमा वर्ष २०७९ शुभ रहनेछ । वर्षभरिनै लाभ भाव बृहस्पतीको अनुकुल प्रभावले विशेष गरी स्कुल,कलेज,कन्सल्टेन्सि,पर्यटन,होटल व्यावसाय,शेयर बजार र बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यावसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुको आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरिनै बृहस्पतीको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश बृद्धिको गतिलो योग रहेकोछ ।

वर्ष भरिनै भाग्य र राज्य भावमा शनिको गोचर शुभ रहनेछ । नोकरीमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाइँकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । समाजमा बिशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममूखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री तथा उत्पादनमूखि व्यावसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यावसायमा विशेष गरी निर्माण सामग्री,औषधी र गाडी वा ईन्जीन सम्बन्धी सामानको व्यापार व्यावसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।

बिद्यार्थीहरुमा तार्किक क्षमतामा बृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । कानुन विषय लिई अध्ययन गर्ने बिद्यार्थीहरुका लागी न्याय क्षेत्रमा प्रबेश गर्नको लागी समय उत्तम रहनेछ । टेक्नीकल विषय जस्तै मेकानिकल ईन्जिनियर,फार्मेसी,डाक्टर,पाईलट र भुगोल सम्बन्धी अध्ययन गर्ने बिद्यार्थीका लागी समयले साथ दिनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ ।

वर्षभरिनै राहु र केतुको गोचर शुभ रहनेछ । विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कुटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरुका लागी समयले साथ दिनेछ । पराराष्ट्र,एनजिओ,आईएनजीओ,विदेशी सामनको व्यापार व्यावसाय र विदेशी सामानको व्यापार गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउनेछन् । कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको उपलब्धी हासील गर्न सकिनेछ ।

राशि स्वामी शुक्र असार ०३ गतेबाट असार २७ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारी साधन विलाशी वस्तु जोड्न सकिनेछ ।

आर्थिक दृष्टिकोणले साउन,कार्तिक,फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । प्रत्येक शुक्रबार ईन्द्रयणी देवीको दर्शन,पूजा आराधाना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागी आईतबार भैरवको दर्शन र पूजा गर्नाले तपाईँका दिनहरु थप फलदायी रहनेछन् ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । माघ २७ गतेसम्म अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागी भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यावसायमा साझेदारहरु बीच नै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिज,सुगर,मोटोपन, उक्त रक्तचाप,पथ्थरी तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइरहनेछन् । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च तथा चिनाको ३,६,११ भावमा भए शनिको अढैया शुभ रहनेछ ।

वर्षभरी राज्यभावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले स्कुल,कलेज,मन्टेश्वरी,बैक तथा बित्तिय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैक तथा बित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । आफुलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समावसेवामा समय खर्चनेहरुका लागी समय उत्तम रेहेकोछ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।

अर्कोतर्फ वर्षभरी नै लाभ भावमा राहु र बिद्या भावमा केतुको गोचर शुभ रहनेछ । बिद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने लाभ भावको राहुले एनजिओ,आईएनजिओ,विदेशी लगानिबाट सञ्चालित सस्था, कन्सल्टेन्सि र मेनपावर जस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ ।

राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भाद्र ०४ गतेबाट कार्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कार्तिक ०८ गतेसम्म शुख भावमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।
प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।


कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बृहस्पतीको अनुकुल प्रभावको कारणले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगती हुनेछ । प्रयत्न गर्दा नोकरी पाईनुका साथै दाम,इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ । सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

माघ २७ गतेसम्म शनि व्यापार भावमा शश नामको पञ्चमाहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादन मुखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तरपनि पारिवारिक सम्बन्ध र अन्य घरायसी सम्बन्धहरुमा खटपट हुने योग बन्नेछ । साझेदारी व्यावासाय गर्दा ध्यान दिनुहोला । माघ २८ बाट शनिको अढैयाको प्रभाव पर्ने हुनाले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । तरपनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

वर्षभरी नै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतीको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने,पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिने हुदा राज्यबाट पद पाउने,नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ । तरपनि केतुको गोचर भने शुभ रहन्न, घरजग्गा किन्दा पा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको पूजा तथा पिपलमा जल चडाउदा लाभ मिल्नेछ । राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागी बटुक भैरबको पूजा तथा आराधाना गर्नुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वर्षभरी नै कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले घर जग्गा,हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखीन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । पुराना समस्या दोहोरिने तथा घर व्यावहारको समस्याले आर्थिक उन्नती गर्न सकिने छैन ।

तरपनि प्रतिस्पर्धा र व्यापार भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले उत्पादनमूखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

वर्षभरी नै राहु र केतुको गोचर शुभ रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने वा बढुवा हुने योग रहेकोछ । पराराष्ट्र,एनजिओ,आईएनजीओमा तपाईँको उच्च स्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको पूजा तथा पिपलमा जल चडाउदा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरुका लागी वर्षको समय मिश्रित रहनेछ । माघ २७ गतेसस्म बिद्या,बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पतिमा भागबन्डा लाग्न सक्छ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ । विद्रोहीहरूको दबाब र झमेला बढ्ने योग रहेकोछ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन । जन्मकुण्डलीमा शनि–प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउनेछन् । सन्तान तथा आफन्तसँग घरायसी कुरायमा राया बाजिने वा विवाद हुनेछ । माघ २८ गतेबाट शनिको प्रभाव शुभ रहने हुनाले नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ ।

त्यस्तै बृहस्पतीको अनुकुल प्रभावले शेयर बजार,स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङक तथा बित्तिय क्षेत्र सँग सम्वन्धीत व्यावसायमा समय खर्चने हरुका लागी समय उत्तम रहेकोछ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ । नाँफामूखि व्यावसाय र सेवामूखि व्यावसाय फस्टाएर जानेछ । प्र्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।

कष्टभावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा,चोटपटक र अर्थहानी जस्ता समस्या देखापर्न सक्छन् । उपलब्धी र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्ष भरी नै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखी गरिरहेको काममा मनमुटाब सिर्जना भई काम छोड्नु पर्ने हुन सक्छ । धन सम्पती सापटीको रुपमा लिदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला ।

राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भाद्र ०४ गतेबाट कार्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कार्तिक ०८ गतेसम्म केन्द्रमा स्वगृह भएर भद्र नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।
जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउन,मंसिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरुका लागी वर्ष २०७९ मध्ययम रहनेछ । माघ २७ गतेसम्म शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरु लाग्ने, कार्यमा ढिलाशुस्ति,मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आघात पुग्ने,मानशिक चिन्ता तथा स्वास्थ्य सम्वन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावस्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । मोटोपन,कोलस्ट्रोल,जन्डिज,फोक्सो तथा मुटु रोगीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।


ऋण,रोग र सत्रुभावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कुटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

वर्षभरी नै राशिमा गोचर गर्ने केतु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ ।
राशि स्वामी शुक्र कार्तिक ०१ गतेबाट कार्तिक २४ गतेसम्म राशिमा स्वगृह भई मालव्य नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पति जोड्न सकिनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमि प्रति श्रद्धा बढ्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रका काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

आर्थिक दृष्टिकोणले साउन,भाद्र,पौष तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देवी तथा बंगलामुखिको दर्शन, पूजा तथा आराधना, तथा बृहस्पतीको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।


बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बृश्चिक राशि हुनेहरुका लागि वर्ष २०७९ शुभ रहनेछ । विदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागी समय उत्तम रहेकोछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा, ठेक्कापट्टा,गाडी तथा इञ्जिन सम्वन्धीत कामबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । माघ २८ गतेबाट शनिको अढैया दशाको प्रभाव सुरु हुनाले सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउनेछन् ।
तरपनि वर्षभरी नै बृहस्पतीको गोचर शुभ रहनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । अकस्मात धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम

वर्षभरी नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेकोछ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हातपार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।
आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशि पार्नको लागि बिष्णु भगवानको पूजा, पीपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि भएका व्याक्तिहरुलाई शनिको अन्त्य साढेसातीको प्रभावले अशुभ रहेपनि अन्य ग्रहको अनुकुलताले वर्ष शुभ नै रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ ।

बृहस्पतीको अनुकूलताले बिद्यार्थीहरुका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै शवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी वर्ष शुभ रहनेछ । स्कुल,कलेज,फार्मेसी,अस्पताल,बैक तथा बित्तिय क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पती जोड्ने योग रहकोछ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेकोछ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

वर्षभरी नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने योग रहेकोछ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हातपार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

साढेसातिको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउदा फाईदा हुनेछ । बृहस्पतीको लागी माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुने हरुका लागि वर्ष २०७८ मिश्रित रहनेछ । न्यायलय, ईन्जिनियरिङ, ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगती हुनेछ । पराक्रम भावमा गोचर गर्ने शुभ बृहस्पतीको प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेमको सम्वन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथिको सहयोगले विषेश काम गर्ने अवसर प्राप्त हुनेछ ।

वर्षभरी नै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।
वर्षभरी नै शनिको मध्य तथा अन्त्य साढेसाती दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रज हरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । सीमित क्षेत्रबाट माथी उठ्न बाधा पर्नेछ । मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ । न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

शनिको नकरात्मक प्रभावबाट बच्नको लागी महांकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चडाउदा फाईदा हुनेछ । वर्षभरी राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरुका लागी समय संघर्षशिल रहेपनि फलदायी नै रहनेछ । वर्षभरिनै शनिको आद्य साढेशातिको प्रभाव रहनेछ । साढेशातिको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दी आउनेछ । विदेशी भाषा तथा विदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागी समयले साथ दिने छैन । बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागी भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ ।

वर्षभरी नै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आट,शाहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमामा सहभागि भई देश विदेशको यात्रामा निश्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । पढाइ लेखाइकै सवालमा दक्षिण तथा पच्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ ।

तरपनि धन भावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमी तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ ।

आर्थिक दृष्टिकोणले बैसाख साउन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

यो वर्ष मिन राशि हुनेहरुका लागी शुभ फल प्राप्त हुनेछ । वर्षभरिने शनिको अनुकुल प्रभाव रहनेछ । राजनीति,समाजसेवा,ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपार्इँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

बृहस्पतीको अनुकुल प्रभाव रहनेछ,जसको कारण नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमी तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ ।

स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ ।

तरपनि वर्षभरिनै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्वसँगको सम्वन्धमा दरार पैदा हुनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागी मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउनाले लाभ मिल्नेछ ।

बिहीबार १ बैशाख २०७९ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया