×

आगजनी हुदाँ दुई वटा पसलको करौंडौंको धनमाल जलेर नष्ट

images

काठमाडौं । नुवाकोटको ढुंगेवजारमा सोमबार राती आगजनी हुदाँ दुई वटा पसलको करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ ।  स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगजनी भएको हो । 

आगजनीबाट अधिकारीको १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने संगै जोडिएको सुरेश श्रेष्ठको किराना पसल नष्ट हुँदा ५० लाख रुपैँयाँ बराबरको धनमाल नष्ट भएको छ ।  आगजनीको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

मङ्गलबार ३० फागुन २०७९ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया