×

आर्सनललाई शीर्षमा आश्चर्यजनक अग्रता

images

लन्डन । आर्सनलका व्यवस्थापक मिखेल आर्टेटाको भनाई मान्ने हो भने पनि यो आश्चर्यजनक अग्रता हो । भएको के छ भन्दा आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार पाँच अंकको ठोस अग्रता लिएको छ । यो त्यही क्लब हो, जसले सन् २०१६ देखि लिगको शीर्ष पाँच स्थानमा पुग्न सकेको थिएन् ।

तर अहिले सन् २००७ यता पहिलो पल्ट आर्सनल क्रिसमसमा अंक तालिकाको शीर्ष स्थानमा रहनेछ । मार्टिन ओडेगार्डले दोस्रो हाफमा गरेको दुई गोलको मदतले आर्सनलले उल्भ्सलाई सजिलै २–० ले पराजित गरेको हो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग आश्चर्यजनक रूपमा २–१ ले पराजित भएपछि आर्सनलाई फाइदा पुगेको हो ।

आर्सनलको १४ खेलबाट ३७ अंक छ भने समान खेलबाट सिटीको ३२ अंक छ । लिग तालिकाको शीर्ष चारमा रहेका अन्य दुई क्लब भने शनिबार विजयी रहे । न्युकासल युनाइटेडले चेल्सीलाई १–० ले हरायो भने टोटनहमले लिड्स युनाइटेडमाथि ४–३ को जित हात पार्‍यो । 

आइतबार​ २७ कात्तिक २०७९ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया