×

रवि लामिछानेको घरदैलोमा रहेको गाडी तोडफोड

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । अध्यक्ष लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए ।

रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।

उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् ।
 

आइतबार​ २७ कात्तिक २०७९ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया