जुवा खेल्ने, खेलाउने र हेर्नेसहित २० जना पक्राउ 

    images

    काठमाडौं । काठमाडौं महानगरपालिका १७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडेलसहित ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

    तनहुँको आबुखैरेनी गाउँपालिका(३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेल्ने, खेलाउने र हेर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

     


     

      आइतबार​ २८ साउन २०८० ०२:३८ PM मा प्रकाशित

      प्रतिक्रिया