×

श्रीलङ्काको प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा

images

श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् ।

यसअघि राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका प्रदर्शनकारीले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालय पनि कब्जा गरेको श्रीलङ्काको सञ्चारमाध्यम न्यूज वायरले जनाएको छ ।

कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा सयौँ प्रदर्शनकारी पुगेर झन्डा फहाराएको र खुसी मनाएका दृष्य सार्वजनिक भएका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बिहानैदेखि हजारौँ प्रदर्शनकारीले आन्दोलन चर्काएका थिए ।

बुधबार २९ असार २०७९ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया