जीवित कछुवाका बच्चासहित दुई पक्राउ

    images

    काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । 

        कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

        उनीरूले प्रयोग गरेको बा९९प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

      सोमबार ३० जेठ २०७९ ०८:२० PM मा प्रकाशित

      प्रतिक्रिया