×

नयाँ वर्ष मनाउन प्लेन चार्टर गरेर आए चिनियाँ, पर्यटनमन्त्रीले गरे स्वागत (तस्बिर)

images

काठमाडौं । नेपाली नयाँ वर्षमा नेपालमा घुम्न चिनियाँ पर्यटक प्लेन नै चार्टर गरेर आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले विमानस्थलमा स्वागत गरेका हुन् ।

बिहिबार बिहान १८१ जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् । ७ सय जना चिनियाँ पर्यटक नेपाल घुम्न लागेको र सोही समूहको पहिलो लट बिहिबार विहान आइपुगेको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताएका छन् ।

विमानस्थलमा ओर्लिएका चिनियाँ पर्यटकलाई पञ्चेबाजासहित स्वागत गर्दा पर्यटकहरुले पनि नेपाल र चीनको झण्डा बोकेर खुशीयाली मनाएका छन् ।

‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्,‘ भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’

बिहीबार ३० चैत २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया