×

बिस्का जात्राअन्तर्गत हात नभएको लिंगो ठड्याइयो

images


भक्तपुर । भक्तपुरको प्रशिद्ध एवं ऐतिहासिक बिस्का जात्राको चौंथो दिन बिहीबार हात नभएको लिंगो ठड्याइएको छ । स्थानीय कुम्हाले टोलमा हात नभएको लिंगो उभ्याउने परम्परा रहेको छ ।

यस्तै, आजै अपराह्न (बिहीबार) ल्योसिँखेलमा ५५ हाते दुई हातयुक्त लिंगो ठड्याइने छ । यसका लागि गुठी संस्थानको तर्फबाट सम्पूर्ण तयारी गरिसकेको बुझिएको छ ।

लिंगो उभ्यायनु अगाडि भैरनाथ र भद्रकालीको रथ ल्योसिँखेलमा पु¥याइने छ । लिंगो ठडिएपछि भक्तपुर नगरभित्रका अष्टमातृकालगायत अन्य देवदेवीको जात्रा गर्ने प्रचलन रहेको छ । आज ठड्याइएको लिंगो
भोलि अर्थात् २०८० साल वैशाख १ गते ढाल्ने कार्यक्रम रहेको छ । लिंगो ढालिसकेपछि स्थानीय गःहिटी टोलमा भैरवनाथ र भद्रकालीको रथ जुधाइने छ ।

बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथजात्रको क्रममा स्थानीय जनताबीच इँट हानाहान भएको थियो । भैरवको रथ माथिल्लो टोल दत्तात्रय मन्दिरतर्फ तानेर लगेपछि राति करिब ११ःः३० बजेतिर स्थानीयबीच इँट हानाहान भएको थियो । जात्रामा अभद्र र अमार्यादित हुलहुज्जत गर्ने केही उपद्रवकारीहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बिहीबार ३० चैत २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया