×

उन्नान्तिसौ ठ्राङु मणि पूजा मंगलद्विप बिद्यालयमा शुरु

images

काठमाडौं। बौद्ध स्थित श्री मंगलद्विप बिद्यालयमा यही चैत २७   देखि बैशाख ७  सम्म सन्चालन हुने २९ अै  मणि पूजा शुरु भएको छ । 

बिभिन्न सम्प्रादयका शिरोमणि, विश्वशन्तिका महानायक ग्याल्वाङ कर्मापा उगेन थिन्ले दोर्जे र महमहोपाध्याय ठ्राङु रेन्पोछे लगायत बिभिन्न स्थानमा रहनुभएका अनेक सम्प्रदयका महान गुरुहरुको दीर्घायू र उहाहरुको धार्मिक कृयाकलाप दिग- दिगन्तर सम्म फैलिरहन र देश बिदेश हरेक छेत्रमा ब्याप्त ब्याधि,शस्त्र र भोकमरीका साथै चार महभूत बाट हुने बिगार सबै शान्त गराउन र बिशेषत: बर्तमान जगतमा ब्याप्त रहेको कोरोन भाईरस र लडाईं ,यूद्धको भूमरी परेका सम्पूर्ण पीडित प्राणीहरुले यथाशिघ्र सुखानन्द प्राप्त होस भन्ने हेतुले   मणिपूजा सन्चालन भएको लामा पाल्तेन बताउनु भयो। 

समय बिहान् ६ बजे देखि साँझ ५बजे सम्म हुने पूजामा सर्बसाधारण हरुको सहभागितको लागि पनि भएको जानकारी दिनु भयो ।  

बिहीबार ३० चैत २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया