वृद्धको पेटमा भेटियो भोड्काको बोतल

    images

    धनगढी । धनगढीमा ६१ वर्षीय वृद्धको पेटमा भोड्का रक्सीको क्वाटर भेटिएको छ। उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।

    उनी धनगढी उपहानगरपालिका फुलबारीको एच गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन। यसको अनुसन्धान भइरहेको छ।

      बिहीबार ३० चैत २०७९ ०६:२४ PM मा प्रकाशित

      प्रतिक्रिया