काठमाडौं । यातायात मजदुरले गरेको आन्दोलनका कारण काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । आज (सोमबार) अपरान्हबाट सुरु भएको आन्दोलनले उग्र रुप लिँदा सो क्षेत्र रणमैदान बनेको हो ।
उत्तेजित भीड बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको थियो। आन्दोलनकै क्रममा माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलेका छन् । सो क्षेत्र हुँदै आवातजावत गर्नेहरुले हात उठाएर हिँड्नुपरेको थियो ।
आन्दोलन नियन्त्रणबाहिर पुगेको छ । आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेको छ । त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड भएको छ ।
आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगो लगाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगो लगाएका थिए।
सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आज दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो।
नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा आज दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर आन्दोलन गरिएको थियो।
नयाँ बसपार्कदेखि गोँगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन्।
प्रतिक्रिया