काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल भलिबल संघ एनभीएका अनुसार अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएका हुन् ।
६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने भएका छन् । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् ।
प्रतिक्रिया