×

नेपालले पठायो भूकम्प प्रभावित टर्कीएका लागि २२ टन राहत सामग्री

images


काठमाडौं । सरकारले टर्कीका भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्री टर्कीए पठाएको छ । परराष्ट्र मन्त्रालयले, पहिलो चरणमा  औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्री गरि २२ टनभन्दा बढी राहत सामाग्री पठाइएको जनाएको छ ।
सरकारले टर्किस एयरलाइन्समार्फत राहत सामग्री पठाइएको परराष्ट्रले जनाएको छ । 
यसअघि गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीएमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। 
गत सोमबारको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । 
हजारौँ घाइते र घरबारविहीन भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

सोमबार १ फागुन २०७९ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया