×

एपीएफले जित्यो पीएमकप

images

काठमाडौं । भुवन कार्कीको उत्कृष्ट अर्धशतकको मदतले एपीएफले आर्मीलाई शनिबार चार विकेटले पराजित गर्दै पीएमपक वान डे क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेल ४० ओभरमा छोटयाइएको थियो र एपीएफले नौ बलको खेल बाँकी छँदै छ विकेट गुमाएर १ सय ८० रनको जित लक्ष्य पछ्याएको हो ।

‘प्लेयर अफ द म्याच’ भुवनले ५५ रन बनाए र उनले २३ रन बनाएका सुजित महर्जनसँग चौथो विकेटका लागि निर्णायक सातिव ७५ रनको साझेदारी गरे । आर्मीले सोमपाल कार्मीलाई खेलाउन खोजेपछि विवाद भएको थियो र यसक्रममा दुई घण्टा ढिलो खेल सुरु भएको थियो । त्यसै कारण खेल १०–१० ओभर छोट्याएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ७९ रन बनाएको थियो । त्यसमा रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । अन्तिम विकेटका लागि सुसन भारी र जितेन्द्र मुखियाले ४७ रनको साझेदारी गर्दै स्कोरलाई सम्मानजक स्थितिसम्म पुर्‍याएका थिए । 
 

शनिबार २६ कात्तिक २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया