×

दुई ‘रोहित’ को कमाल

images

नेपालमा सर्वाधिक लोकप्रिय दुई खेल रहेका छन्, फुटबल र क्रिकेट । यिनै दुई खेलको राष्ट्रिय टिमको घोषणासँगै कप्तानीका पनि नियुक्त भएको छ र संयोग के जुरेको छ भने दुवैको नाम एउटै रहेको छ, रोहित । नेपालले पाकिस्तानबीच आउँदो बुधबार दशरथ रंगशालमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

त्यसका लागि प्रशिक्षक प्रवेश कटुवालले २३ सदस्यीय टिम घोषणा गरेका छन् र त्यसमा निर्विवाद कप्तानका रोजाई हुन्, रोहित चन्द । टिमका नियमित कप्तान तथा गोलरक्षक किरण लिम्बू भारतमै फुटबल खेल्न ब्यस्त भएपछि रोहितले मौका पाउने भएका हुन् । राष्ट्रिय टिमका सबैभन्दा भरोसा गर्न योग्य खेलाडी कप्तान हुनु आफैमा सुखद हो ।

अर्कोतर्फ नेपालले यूएईबीच तीन वान डेको सिरिज खेल्दै छ । यसका लागि पनि टिम घोषणा भएको छ र यसमा नेतृत्वको अवसर गएको छ, रोहितकुमार पौडेललाई । उनी ब्याटर हुन् । यसअघि नियमित कप्तान रहेका सन्दीप लामिछाने बलात्कारको आरोपमा पुर्पक्षका लागि काराकार चलानको स्थितिमा छन् । यस्तोमा राहितले अवसर पाएका हुन् । 
 

शनिबार २६ कात्तिक २०७९ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया