×

स्वयम्भू स्तुपाको जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

images

काठमाडौं ।  प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौंमहानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई  स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शनिबार २६ कात्तिक २०७९ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया