×

रुपन्देहीमा घनश्याम भुसाल निकट ३२ जनाले त्यागे एमाले

images

रुपन्देही । एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाल निकट ३२ जना नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका छन् । रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले परित्याग गरेका हुन्।

प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायसहितले एमाले छोडेको घोषणा गरेका हुन साथै उनिहरुले 
घनश्याम भुषालजस्तो इमान्दार नेतालाई पाखा लगाएको  आरोप लगाएका छन् ।उनीहरूले पार्टीमा नीतिभन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचन विपक्षीलाई सहयोगको आरोप लगाउँदै  राजीनामा गरेका हुन्।

'पार्टी अध्यक्ष ओलीले पार्टीमा तानाशाह प्रवृत्ति देखाउनु भयो, अहिले उहाँकै मतियारको रूपमा छविलाल विश्वकर्मा देखिनु भएको छ,' राजीनामा दिएका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, 'पार्टी राम्रो हुँदाहुँदै पनि व्यक्ति हावी भएकोले राजीनामा दिन बाध्य भयौं।' 

यो क्षेत्रबाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन भइ प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिश चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै एमाले परित्याग गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाक प्रदेश सभाका उम्मेदवार रहेका छन् ।

बुधबार २६ असोज २०७९ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया