×

भारत आउँदो वर्ष विश्वकै धेरै जनसंख्या भएको देश बन्ने संयुक्त राष्ट्रसंघको अनुमान

images

संयुक्त राष्ट्रसंघको एक रिपोर्टले आउँदो वर्ष भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने देखाएको छ । विश्व जनसंख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार अहिले चीन पछि दोस्रो स्थानमा रहेको भारत आउँदो वर्ष जनसंख्यामा पहिलो नम्बरमा पुग्ने देखिएको हो ।

अहिले चीनको जनसंख्या १ अर्ब ४२ करोड रहेको छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड रहेको छ । यस्तै सन् २०५० मा भारतको जनसंख्या १ अर्ब ६६ करोड र चीनको भने जनसंख्या घटेर १ अर्ब ३१ करोडमा झर्ने अनुमान रहेको छ ।

यस्तै, यसै वर्षको नोभेम्बरसम्म विश्वको जनसंख्या झण्डै ८ अर्ब पुग्ने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । अबको ८ वर्षपछि अर्थात सन् २०३० मा विश्वको जनसंख्या साढे ८ अर्ब पुग्ने प्रक्षेपण छ ।

मङ्गलबार २८ असार २०७९ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया