×

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा  

images

 
    काठमाडौँ,    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय

अस्पताल पुग्नुभएको छ ।     
     
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको छ । दाहालको निधनको खबर थाहा पाएपछि उहाँहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।     
     
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।     
–––   
 

बुधबार २७ असार २०८० १२:०३ PM मा प्रकाशित

प्रतिक्रिया