×

अर्थमन्त्री महत आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

images

काठमाडौं ।  आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ।

जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो। प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

सोमबार २९ जेठ २०८० ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया