×

लुम्बिनीमा मुख्यमन्त्री लिला गिरी र दुई मन्त्रीले लिए शपथ

images

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् ।

गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै अन्य २ मन्त्रीहरुले समेत शपथ लिएका छन् । यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका छन् ।

उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

बिहीबार २८ पुस २०७९ ०३:२३ PM मा प्रकाशित

प्रतिक्रिया