काठमाडौ । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै उनी भोलि रिहा हुने भएका छन् ।
तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ ।
अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ ।
उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भनिएको छ ।
लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने भनिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले यो आदेश दिएको हो ।
प्रतिक्रिया