१२० किलो गाँजा बरामद

    images

    काठमाडौ । उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । 

    प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।

      आइतबार​ २५ मंसिर २०७९ १२:५१ PM मा प्रकाशित

      प्रतिक्रिया