×

सत्ता गठबन्धनको बैठक बस्दै-जसपाका मन्त्रीहरु हटाउने तयारी

images

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरु सहित बस्ने ऊक्त बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालय स्रोत ले जनाएको छ। बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ। 
 
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् ।

सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेपछि जसपाको कार्यशैलीलाई लिएर गठबन्धनभित्रै प्रश्न उठ्न पुगेको छ । यस्तै सहमति विपरित सत्ता गठबन्धन भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनले छलफल गरेर उम्मेदवारी फिर्ता गर्न लगाउने भएको छ ।

मङ्गलबार २५ असोज २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया