×

भ्रष्टाचार र राजनीतिक बेइमानी विरुद्ध पी सेभेनको कविता गोष्ठी 

images

काठमाडाैँ -सात जना कविहरूको समूह पी सेभेनले कविता गोष्ठी गरेको छ । समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा कविता गोष्ठी गरेको हो। काठमाडौँको चन्द्रागिरी नगरपालिका १५ , भिराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल,नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए । 

गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल,छविरमण सिलवाल,ठाकुर बेलवासे,प्रोलास सिन्धुलीय र मणि लोहनीले कविता वाचन गरेका थिए । समूहका एक सदस्य टङ्क उप्रेती काम विशेषका कारण गोष्ठीमा उपस्थित हुन नसके पनि उनलार्ई सामाजिक सञ्जालका माध्यमबाट गोष्ठीमा सहभागी गराइएको थियो । 

"संघ र प्रदेशको आसन्न निर्वाचनमा सहभागी बनौँ!असल उम्मेदवारको चयन गरौँ!" भन्ने नाराका साथमा गरिएको उक्त गोष्ठीमा पार्कमा घुम्न आएका युवायुवती र स्थानीयको  ठुलो 
 सहभागिता रहेको थियो । नेपाली कविता साहित्यमा तीन दशक लामो साथ बिताएका सात कविहरूको यो समूहले 'यतैकतै' संयुक्त कविता कृतिसमेत प्रकाशित गरेको छ ।
 

आइतबार​ २६ भदौ २०७९ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया