×

करिब १०० किलो सुन तस्करी प्रकरणमा व्‍यापारी  रोहन अडुकिया पक्राउ

images

काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्‍यापारी अडुकियाका छोरा रोहन अडुकिया  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन  ।
नयाँदिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । 

उनी इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए। ‘अध्यागमन विभागको नेपाली पोर्टमा ब्ल्याक लिस्टमा रहेको देखिएकोले राहदानीसहित नियन्त्रणमा लिएर विभागमा पठाइएको उनको भनाइ छ।

 यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान  विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको  थियो । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार रहँदै आएका छन् । 

 

 

शुक्रबार​ २६ साउन २०८० ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया