×

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

images

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएकाे हाे । 

नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो ।

झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएको थियो ।

महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।

उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो । 

बिहीबार २६ साउन २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया