काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार तत्कालीन डिल्ली बजारस्थित मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ।
प्रतिक्रिया