काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति
मन्त्री रमेश रिजाल भारत प्रस्थान गर्नु भएको छ ।
सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ ।नेपालमा लगानी भित्र्याउने तथा ब्यापार प्रवर्दन लगायतका बिषयमा मन्त्री रिजालले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो बिमिस्टेक ब्यापार सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो ।
तिन दिने "बिमिस्टेक ब्यापार सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनु हुनेछ ।
प्रतिक्रिया