काठमाडौं। बुङद्यो (रातो मच्छिन्द्रनाथ)को रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ ।
रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि बिहीबार बिहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेका हुन् । यदि ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा ११ गते भोटो देखाइनेछ ।
भोटो जात्रापछि बुङद्यो (रातो मच्छिन्द्रनाथ)लाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
यसैबीच बुङद्यो (रातो मच्छिन्द्रनाथ) को कुलदेवी पूजा भएको छ । कुलदेवीको पूजा गरिने दिनमा नै रथबाट लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने परम्परा अनुसार आज बिहान मंगलबजारको सोह्रखुट्टे पाटीमा साइत हेरिएको हो ।
प्रतिक्रिया