×

आजदेखि देशैभरका विद्यालय ६ दिन बिदा

images

सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजदेखि ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो ।

शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । 

यस्तै, सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ । १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् ।

बुधबार २८ बैशाख २०७९ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया