×

लघुकथा- अदृश्य मुस्कान

images

जोइ पोइको चर्काे आवाज सुनेर छिमेकका केही मान्छेहरु उनको आँगनमा देखा परे । ती मध्ये एकजनाले सोधे ः‘ होइन कहिले पनि चर्काे आवाज नआउने यो घरबाट आज एकाबिहानै के को हल्लाखल्ला हो ?के भयो ?’ 

‘ के हुनु नि ⁄ ल हेर्नुस त,यसकी प्यारी छोरी पोइला भागिछ ’ भन्दै गुटुमुटु पारेको कागज फुकाउँदै देखाए । आफ्नी छोरी कोसँग बोल्दैछे ?कोसँग हिमचिम गर्दैछे भन्ने ख्याल राख्नु पर्दैन् ? भन्दै रिसजति आफ्नी श्रीमतितिर पोख्दै थिए ।

‘ बढेकी छोरीको २४ सै घण्टा अगाडि पछाडि लाएर को हिड्न सक्छ त नि ? हजुरलाई फुर्सद भयो कि राजनीति र नेतागिरी गर्दै ठिक्क छ । आफु पनि ख्याल राख्नु नि ⁄ ’ श्रीमति जवाफ फर्काउँदै थिइन् । 

‘गएपनि आफ्नो जातभात मिल्नेसँग जानु ,बरावरी हैसियत भएकोसँग जानु ⁄ अब मलाइृ यी गाउँलेहरुले के भन्लान् ?’ उनी रिसले मुरमुरिंदै थिए । 
’सबैले आआफ्नो भाग्य लेखेर ल्याएका हुन्छन् । जे हुन्छ ,त्यो भएरै छाड्छ । बाँक िसमयलाई छाडिदेउ भो ⁄ ’ भन्दै सबै आ–आफ्नो घरतिर लागे । 

रिसले रन्थनिएका उनको मुहार एकाएक उज्यालियो । 
परार साल जेठी छोरीको बिहे गर्दा लागेको ऋण,जुन चुक्ता गर्न अझै बाँकी थियो ।


 

शनिबार २८ माघ २०७९ ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया