×

प्रदीप र प्रणव क्वाटरफाइनलमा

images

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६(३ र ६(३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

प्रणवले प्रि(क्वाटरफाइनलमा राज बीर प्रधानलाई ६(२ र ६(० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका हुन् । पुरुष एकलतर्फ नै प्रणव मानन्धरले गोविन्द नेपालीलाई ६(१ र ६(१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्दा गौरव प्रताव शाहीले सुशल मोक्तानलाई ६(० र ६(० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

क्वाटरफाइनल पुग्ने अन्य खेलाडीमा सौगात बिक, निहल जंग बहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना रहेका छन् ।
सौगातले विष्णु नेपालीबाट वाक्ओभर पाउँदा निहलले सौरभ नाथ पन्तलाई ६(० र ६(० ले, निसनले प्रितम परियारलाई ६(० र ६(० ले र ऋतिकले आशिष खड्कालाई ६(२ र ६(३ ले पराजित गरे ।
 

३५ वर्षमाथिको एकलमा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाएका छन् ।
पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोज बिक्रम शाह र विमल कुमार गुरुङले अन्तिम चारको यात्रा तय गरेका छन् ।


पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा, निरन्जन कुमार श्रेष्ठ, विमल कुमार गुरुङ र जीवन घिमिरेले अन्तिम चारको यात्रा तय गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

बिहीबार २४ कात्तिक २०७९ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया